Main News
नेपाल सन् २०२६ सम्म जलविद्युतमा आत्मनिर्भर हुन्छः कार्यकारी निर्देशक घिसिङ (भिडियो रिपोर्टसहित)
२०७९ फागुन १६ गते १६:२३
१६ फागुन २०७९ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सन् २०२६ सम्म जलविद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ नेपाल सुख्खा याममा समेत बिजुली बेच्न सक्ने अवस्थामा पुग्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको बताउनुभयो ।
सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
उहाँले प्राधिकरण जलविद्युत उत्पादनको लागि लगानी सुनिश्चित गर्ने उपाय खोजिरहेको बताउनुभयो ।
प्रतिक्रिया