चर्को ब्याजदरविरुद्ध व्यवसायी आन्दोलित (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७९ कैलाली । बैङ्कहरूले चर्को ब्याज लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा आजदेखि चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।
आज कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर, टीकापुर, अत्तरिया, पुनर्वास, बेलौरी, शुक्लाफाँटा तथा गौरीगंगा उद्योग वाणिज्य संघ बैंक वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध संघर्षमा उत्रिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अगुवाइमा बैंक ब्याजदरविरुद्ध कार्यतालिका नै बनाएर चरणबद्ध रुपमा विरोध सुरु गर्ने निर्णय गरेका थिए ।
लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले चासो नदिएको व्यवसायीको गुनासो छ । उद्योगी व्यवसायीहरुले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने निर्णयसमेत गरेका छन् ।
बैंकले ५ प्रतिशतमा ब्याज दिएर अहिले १८ प्रतिशत असुल गरिरहेको व्यवसायीको गुनासो छ ।
प्रतिक्रिया