Main News

राष्ट्रपतिको निर्वाचनअघि नै कांग्रेस सरकारमा जान्छः नेता पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १६ गते १४:०३
राष्ट्रपतिको निर्वाचनअघि नै कांग्रेस सरकारमा जान्छः नेता पौडेल (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७९ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनअघि नै पार्टी सरकारमा सहभागी हुने दाबी गर्नुभएको छ ।

नेपाल प्रेस युनियनले नवलपरासी पश्चिममा आज गरेको पत्रकार भेटघाटमा पौडेलले केही दिनमै कांग्रेस सरकारमा जाने बताउनुभएको हो । उहाँले आठ दलीय गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा सहमति भइसकेकाले फागुन २५ अगाडि नै सरकारमा सहभागी हुने बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली सुपर प्रधानमन्त्री बन्न खोजेकाले माओवादी–एमाले गठबन्धन नेतृत्वको सरकार नटिकेको नेता पौडेलको दाबी छ । कांग्रेसले कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरे पनि त्यसलाई सच्याएर अगाडि बढ्ने पौडेलको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि सरकारमा पठाउने मन्त्रीको मापदण्ड बनाउन सकारात्मक देखिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *