Main News

क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिन सर्वोच्चको आदेश

हिमालय टिभी
२०७९ फागुन १५ गते १७:५७
क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिन सर्वोच्चको आदेश

१५ फागुन २०७९ काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।

सर्वोच्चका न्यायाधिसद्धय सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले आज सन्दीपलाईलाई विदेश जान अनुमति दिएको हो ।

उच्च अदालत पाटनले शर्त सहित धरौटीमा रिहा गर्दा विदेश जान लगाईएको प्रतिबन्ध फुकुवा सहित ३ वटा माग राख्दै सन्दीपले बिहिबार सर्वोच्च रिट निवेदन दिएका थिए ।

यस विषयमा शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कुनै आदेश जारी गर्न मुनासिव नदेखिएको भन्दै आइतबार दुवै पक्षलाई बहसका लागि बोलाएका थिए ।

हिजो सन्दीप पक्षका अधिवक्ताको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाई भएको हो । अर्कोतर्फ धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदर गरि सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्न माग गरेको थियो । यो रिट उपर सर्वोच्चले सन्दीपलाई पुन पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । विदेश जान बाटो खुलेसँगै अब नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई युएई पठाउने तयारी गरेको छ ।

विदेश जान प्रतिबन्धकै कारण क्इानले आईसिसी लिग टु अन्तर्गत युएई भ्रमणमा सन्दीपको नाम समावेश गरेको थिएन् । उच्चको आदेश सदर सहित विदेश जान लगाईएको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दालाई फास्ट ट्र्याकबाट सुनुवाई गरेर छिटो किनारा लगाउन जिल्ला अदालत काठमाडौंलाई आदेश समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *