Main News

बागमतीमा १८ अर्ब खर्च, कहिले होला सफा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १५ गते ७:५८
बागमतीमा १८ अर्ब खर्च, कहिले होला सफा ? (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ काठमाडौं । बागमती सरसफाई अभियान सुरु भएको ५ सय ११ औं हप्ता पुगिसकेको छ । बागमती मात्रै होइन सरसफाई अभियानकर्ताले काठमाडौं उपत्यका भएर बग्ने १३ वटा नदीको सरसफाई गरिरहेका छन् । यी नदी सरसफाईमा कत्ति खर्च भयो ?

सीता पोखरेलले विक्रम् सम्वत २०७० सालदेखि बागमती सरसफाई गर्दै आउनुभएकोछ । २०७० सालदेखि बागमती केही सफा त भएको छ । तर अवस्था फेरिएको छैन ।

सरकारले राम्रोसँग नियम गरे बागमती सफा र स्वच्छ हुने विश्वास छ, सीतालाई ।

बागमती सरसफाई २०७० जेठ ५ गतेबाट बागमती सरसफाई महाअभियानको रुपमा सुरु भयो । नेपाल सरकार, नेपाली सेना, गैह्रसरकारी संस्था लगायत विभिन्न संघसंस्था र व्यक्तिहरु समेत बागमती सरसफाई अभियानमा संलग्न भएका छन् ।

बागमती नदी सरसफाई, व्यवस्थापन, सौन्दर्यकरण लगायतको जिम्मा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले लिएको छ । २०५१ सालदेखि हालसम्म आइपुग्दा सरकारी खर्च १७ अर्ब ८० करोड सकिएको छ । बागमती र यसका सहायक नदी सरसफाईसहित के–केमा खर्च भयो त ?

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले नदी किनारमा गार्डेनहरु बनाएको छ । बागमती नदीमा सरसफाई पनि गर्न छाडिएको छैन । तरपनि बागमती नदीमा लुकिछिपी फोहर फाल्नेको संख्यामा कमी आउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *