Main News

प्रधानमन्त्रीको दोहा भ्रमण रद्द

२०७९ फागुन १५ गते ७:४०
प्रधानमन्त्रीको दोहा भ्रमण रद्द

१५ फागुन २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ ।

उहाँ अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको थियो ।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण रद्द भएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भई यही फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो ।

प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *