Main News

प्रचण्डले आफूलाई धोका दिएको अध्यक्ष ओलीको गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १४ गते १६:५९
प्रचण्डले आफूलाई धोका दिएको अध्यक्ष ओलीको गुनासो (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले आफुलाई पनि धोका दिएको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा आज सहिद तथा घाइते परिवारको कार्यक्रममा अध्यक्ष ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताउनु भएको हो । प्रचण्डले ढाँट्न र छक्याउन अप्ठ्यारो नमान्ने गरेको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले लोकतान्त्रिक सरकार बनाउन र जनताका समस्या समाधान गर्ने गरी अघि बढ्ने प्रयास गरेको तर प्रचण्डकै कारण असफल भएको बताउनुभयो ।

प्रधानमन्त्रीले सहिदलाई बिर्सिएर आफ्नै परिवार मात्रै सम्झने गरेको ओलीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *