Main News

स्तनपान कक्ष नहुँदा सांसद मायालाई यस्तो समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १३ गते १८:४१
स्तनपान कक्ष नहुँदा सांसद मायालाई यस्तो समस्या (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७९ काठमाडौं । स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तब्य हो । तर व्यवस्थित स्तनपान कक्ष नहुँदा कामकाजी महिलालाई निकै अप्ठ्यारो हुने गरेको छ ।

यसको पछिल्लो उदाहरण हुनुभएको छ सांसद माया राई । संघीय संसदमा स्तनपान कक्ष नहुँदा राईलाई परेको अप्ठ्यारो आज हामीले समेटेका छौं ।

सांसद माया राईले दुई महिना अघि आफ्नो पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिनुभयो । सन्तानलाई जन्मदिनुभयो । नेपाली कांग्रेसकी नेतृ राई पुस ७ गते भएको सांसदको शपथ ग्रहण कार्यक्रममा सहभागी हुनु भएन ।

अरु सांसद संघीय संसद भवन नयाँ बानेश्वरमा सांसदको शपथ लिइरहँदा राई शल्याक्रिया मार्फत जन्माएको आफ्नी दुई दिने छोरीसँगै अस्पतालको बेडमा हुनुहुन्थ्यो । र त राईले पुस १९ गते मात्रै पद तथा गोपनियताको शपथ लिनुभयो ।

सांसद राईको दिन कहिले सामान्य तबरमा वित्छ कहिले सबेरैबाट संसद बैठकमा पुग्ने ध्याउन्न हुन्छ । दुई महिने शिशुलाई स्तनपान गराउनु राईको लागि पहिलो प्राथमिकता हो । तर जनताका सवालमा काम गर्छु भनि खाएको शपथ पनि राईले भुल्न मिल्दैन ।

समस्या आफैँलाई परेपछि ज्यादा पिरोल्छ भने जस्तै, संसद बैठकमा छोरी साथै ल्याउने मायाका लागि संसद भवन भित्र शिशु स्याहार कक्ष नभएकोले निकै पिरोलेको छ ।

सरकारी, गैरसरकारी वा निजी सङ्घसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख छ । तर नियम, कानुन बनाउन बसेका सांसद कै हकमा यो ऐन अनुसार काम नहुनु दुःखद हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *