Main News

रास्वपाले राष्ट्रपतिका उम्मेदवारलाई समर्थन नगर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १३ गते १८:२१
रास्वपाले राष्ट्रपतिका उम्मेदवारलाई समर्थन नगर्ने (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७९ काठमाडौं । एमाले नेतृत्वको गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिका दुबै उम्मेदवारलाई समर्थन नगर्ने बताएको छ ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले ठूला दलहरु पदीय स्वार्थमा केन्द्रित रहेको भन्दै स्वार्थका लागि उभ्याइएका दुबै उम्मेदवारलाई समर्थन नगर्ने जानकारी दिनुभयो । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले आफ्नो पार्टीले सरकार छाडेको औचित्य पुष्टि भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले पुस १० को सहमति तोडेको आरोप लगाउँदै रास्वपा असन्तुष्ट बनेको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

माओवादी केन्द्रसहित लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेका छन् । योसँगै एमाले गठबन्धन करिब–करिब टुटेको विश्लेषण हुन थालेको छ । तर, एमालेले फागुन २५ गतेसम्म पर्ख र हेरको नीति लिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *