Main News

यस्तो छ राष्ट्रपतिको निर्वाचन तालिका, कुन दलको कति मतभार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १० गते २०:३९
यस्तो छ राष्ट्रपतिको निर्वाचन तालिका, कुन दलको कति मतभार ? (भिडियो रिपोर्टसहित)

१० फागुन २०७९ काठमाडौं । संघीयय गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन भने चैत्र ३ गते हुने छ ।

कुल ८८१ मतदाता रहने यो निर्वाचनमा संघीय सांसदको ७९ र प्रदेश सांसदको ४८ मतभार तोकिएको छ । यो निर्वाचनमा सहभागी हुने दलगत मतभार र निर्वाचन कार्यतालिका समेटिएको यो सामग्री हेरौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि दलहरुबीच रस्साकस्सी चलिरहँदा निर्वाचन आयोगले निर्वाचन कार्यतालिकासँगै मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । संघ र प्रदेशका गरि कुल ८८१ मतदाता छन् । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य रिक्त रहेको छ भने कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छैन। चौधरी पक्राउ परेको सूचना संसद सचिवालयमा सुनाइएको अवस्थामा मतदाता नामावली अन्तिम गरिएका कारण उहाँको नाम समावेश गरिएको छैन ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम मतदाता सूचीमा सार्वजनिक गरेको छ।

यस्तो छ राष्ट्रपति निर्वाचन कार्यतालिका
मतदाता नामावली प्रकाशन– फागुन १० गते
मतदाता नामावलीमा दाबी विरोध फागुन– १० र ११ गते
अन्तिम नामावली प्रकाशन– फागुन १२ गते
उम्मेदवारको मनोनयन दर्ता– फागुन १३ गते
उम्मेदवारको विरोधमा उजुरी – फागुन १४ गते
मनोनयनपत्र र उजुरी जाँचबुझ – फागुन १४ गते
उम्मेदवारको नामावली प्रकाशन– फागुन १५ गते
उम्मेदवारी फिर्ता – फागुन १६
अन्तिम नामावली प्रकाशन–फागुन १६ गते
मतदान– फागुन २५ गते

राष्ट्रपति निर्वाचनमा कुनै एक दलले प्रष्ट बहुमत पाउने अवस्था छैन । कांग्रेसको १६ हजार १ सय ४२, एमालेको १५ हजार ३ सय १२ र माओवादीको ७ हजार ७ सय ४५ मतभार छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय १, राप्रपाको २ हजार ४ सय ५०, जनता समाजवादी पार्टीको २ हजार १ सय ४५, एकीकृत समाजवादीको २ हजार ५ सय ७४ मतभार छ ।

जनमत पार्टीको १ हजार २ सय ४२, लोकतान्त्रिक समाजवादी पार्टीको ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीको ८ सय १३, जनमोर्चाको २ सय ६, नेमकिपाको २ सय २३, संघीय समाजवादीको ४८, हाम्रो नेपाली पार्टीको ९६, स्वतन्त्र सांसदको ८ सय ४४ र राष्ट्रिय सभामा मनोनित सांसदको २ सय ३७ मतभार छ । राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ ।

कुन दलको कति मतभार ?

नेपाली कांग्रेस
प्रतिनिधिसभा– ८८
राष्ट्रियसभा– १०
प्रदेशसभा– १७५
कुल मतभार– १६१४२

एमालेः
प्रतिनिधिसभा– ७९
राष्ट्रियसभा– १७
प्रदेशसभा– १६१
कुल मतभार– १५३१२

माओवादी केन्द्र
प्रतिनिधिसभा– ३२
राष्ट्रियसभा– १५
प्रदेशसभा– ८४
कुल मतभार– ७७४५

रास्वपा
प्रतिनिधिसभा– १९
राष्ट्रियसभा– ०
प्रदेशसभा– ०
कुल मतभार– १५०१

राप्रपा
प्रतिनिधिसभा– १४
राष्ट्रियसभा– ०
प्रदेशसभा– २८
कुल मतभार– २४५०

एकीकृत समाजवादी
प्रतिनिधिसभा– १०
राष्ट्रियसभा– ८
प्रदेशसभा– २४
कुल मतभार– २५७४

जनमत
प्रतिनिधिसभा– ६
राष्ट्रियसभा– ०
प्रदेशसभा– १६
कुल मतभार– १२४२

लोसपा
प्रतिनिधिसभा– ४
राष्ट्रियसभा– १
प्रदेशसभा– १२
कुल मतभार– ९७१

नागरिक उन्मुक्ति
प्रतिनिधिसभा– ३
राष्ट्रियसभा– ०
प्रदेशसभा– १२
कुल मतभार– ८१३

स्वतन्त्र
प्रतिनिधिसभा– ३
राष्ट्रियसभा– १
प्रदेशसभा– ११
कुल मतभार– ८४४

जनमोर्चा
प्रतिनिधिसभा– १
राष्ट्रियसभा– १
प्रदेशसभा– १
कुल मतभार– २०६

नेमकिपा
प्रतिनिधिसभा– १
राष्ट्रियसभा– ०
प्रदेशसभा– ३
कुल मतभार– २२३

नेपाल संघीय समाजवादी
प्रतिनिधिसभा– ०
राष्ट्रियसभा– ०
प्रदेशसभा– १
कुल मतभार– ४८

हाम्रो नेपाली पार्टी
प्रतिनिधिसभा– ०
राष्ट्रियसभा– ०
प्रदेशसभा– २
कुल मतभार– ९६

राष्ट्रियसभा मनोनित– ३ मतभार– २३७

मतदानमा सहभागी हुनेहरु
प्रतिनिधिसभा सदस्य– २७३
राष्ट्रियसभा सदस्य– ५९
प्रदेशसभा सदस्य– ५५०
कुल मतभार ५२६२८

अहिलेको सातदलीय गठबन्धनबाटै उम्मेदवार भएको अवस्थामा मतभार ३१ हजार ४ सय ४५ हुन्छ । र उसकै उम्मेदवार निर्वाचित हुनेछ । तर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बहस चलाएका प्रधानमन्त्री कुनै न कुनै रुपमा नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई पनि समेट्ने पक्षमा देखिनुभएको छ । यस्तोमा सत्ता गठबन्धन भत्कने वा नयाँ परिस्थिति उत्पन्न हुनसक्ने देखिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएका एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग नियमित छलफलमा हुनुहुन्छ । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार तय भइनसकेपनि सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये एक उम्मेदवार हुने निश्चित छ । लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताको नाममा पनि छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *