राजनीति
राष्ट्रपति पाए स्वीकार गर्ने नेकपा एसको निर्णय (भिडियो रिपोर्टसहित)
२०७९ फागुन १० गते १८:०१

१० फागुन २०७९ काठमाडौं । राष्ट्रपतिमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नाम चर्चामा रहेका बेला नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति पाए स्वीकार गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रपति पाए उम्मेदवारी दिने निर्णय गरेको हो । एकीकृत समाजवादीले राष्ट्रपतिको उम्मेदवार र सम्भावित समीकरणका विषयमा सबै राजनीतिक दलसँग संवाद गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा नेताहरुले राष्ट्रपतिमा ओलीले प्रस्ताव गरेका खबर आइरहेका बारे अध्यक्ष नेपालसंग जानकारी मागेका थिए । जवाफमा नेता नेपालले राष्ट्रपतिका लागि ओलीले कुरै नगरेको बरु पार्टी मिलाउनतिर जोड दिएको बताउनुभएको थियो ।
बैठकमा संविधान र लोकतन्त्रका विरुद्ध विभिन्न ढङ्गले भइरहेका गतिविधिबारे पनि छलफल भएको थियो ।
प्रतिक्रिया