Main News

प्रमुख र उपप्रमुखको विवाद, मारमा सेवाग्राही (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ९ गते १७:१०
प्रमुख र उपप्रमुखको विवाद, मारमा सेवाग्राही (भिडियो रिपोर्टसहित)

९ फागुन २०७९ धनकुटा । चुनावअघि अनेकौं आश्वासन दिएर मतदाता फकाएका स्थानीय तहका जनप्रतिनिधिले काम नगरेको भन्दै जनस्तरमा असन्तोष चुलिँदै गएको छ । तर, जनप्रतिनिधि भने आ–आफैमा विवाद गरिरहेका छन् ।

धनकुटाको पाख्रीबास नगरपालिकामा अहिले प्रमुख र उपप्रमुखबीच विवाद चुलिएको छ भने यसको प्रत्यक्ष असर सेवाग्राहीले भोगिरहेका छन् ।

धनकुटाको पाख्रीबास नगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको एक वर्ष हुन लाग्यो । तर यो अवधि नगरवासीका लागि भने खासै सुखद रहन सकेन । जनप्रतिनिधिबिच नै तालमेल छैन । फरक राजनीतिक दलबाट मेयर र उपमेयर निर्वाचित भएका कारण दुवै जनप्रतिनिधिबीच अहिले संवाद राम्रो छैन । दुवैले एक अर्काका कारण काम गर्न असहज भएको बताउँदै आएका छन् ।

मेयरले कुनै पनि विषयमा छलफल र सरसल्लाह नगर्ने उपमेयरको आरोप छ । उता मेयर पनि कार्यपालिकामा अल्पमतमा रहेकाले उपमेयरको धम्की सुन्नु पर्ने गुनासो गर्ने गरेका छन् । उपमेयरबाट निरन्तर काममा कठिनाई हुने गरेको मेयरको गुनासो छ ।

खासमा जनप्रतिनिधिबीच विवाद हुनुको कारढ भने कर्मचारी नियुक्ति हो । चालु आर्थिक वर्षमा नगरपालिकामा करारका २२ जना कर्मचारी निकालिएका थिए । त्यस्तै ५३ जना करारका कर्मचारीको अहिलेसम्म करार नविकरण भएको छैन ।

आफु अनुकुल कर्मचारी भर्ना गर्न नपाउनु नै समस्याको जड भएको कतिपयको बुझाई छ । प्रमुख प्रशासकीय अधिकृत पनि काजमा संघमा सरुवा भएपछि अहिले सम्पूर्ण सेवा प्रभावित हुन पुगेको छ ।

पाख्रीबास नगरपालिकामा जनप्रतिनिधिबीच देखिएको विवाद पहिलो भने होइन । यसअघि पनि नगरपालिकामा विभिन्न बहनामा सेवाग्राहीले दुस्ख पाउने गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *