Main News

सातौं निर्वाचन दिवस महत्वपूर्ण दिनको स्मरण गर्दै मनाइँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ७ गते १६:२८
सातौं निर्वाचन दिवस महत्वपूर्ण दिनको स्मरण गर्दै  मनाइँदै  (भिडियो रिपोर्टसहित)

७ फागुन २०७९ काठमाडौं । आज सातौं निर्वाचन दिवस । २०१५ फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै यो दिवस मनाइँदै छ ।

निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने दिवसको नारालाई सार्थक बनाउन सबैको निरन्तर सहयोग, साझेदारी, सहकार्य र समन्वय अझ मजबुत हुने विश्वास लिएको छ ।

दिवसका अबसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना दिँदै निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेश गर्न लागिएको बताउनु भएको छ।

आयोगले यही फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुने विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *