Main News

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको अध्यक्ष ओलीको गुनासो

हिमालय टिभी
२०७९ फागुन ५ गते १८:००
एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको अध्यक्ष ओलीको गुनासो

५ फागुन २०७९ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको गुनासो गर्नु भएको छ ।

अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको बताउनु भयो ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट मिसन ग्रासरुट अभियानको भर्चुअल शुभारम्भ गर्दै उहाँले अस्वस्थ ढंगले चल्ने राजनीतिक दललाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । आज शुरु भएको एमालेको मिसन ग्रासरुट वैशाख ९ गते सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *