गंगामाया : न्यायको पर्खाइमै वीर अस्पतालमा कहिलेसम्म बास ? (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ काठमाडौं । न्यायका लागि तपाईं कति समय पर्खन सक्नुहुन्छ रु पर्खनुको पनि त सीमा हुन्छ होला नि । गोर्खा साविकको फुजेल गाविस वडा नम्बर ७ को गंगामाया अधिकारीले पर्खिरहेको न्यायले सीमा नाघिसकेको छ ।
गंगामाया अधिकारीका कान्छो छोरा कृष्णप्रसाद अधिकारीको विक्रम संवत् २०६१ साल जेठ २४ गते माओवादीले अपहरणपछि हत्या गर्यो। प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा कृष्णप्रसादको हत्या भएको थियो ।
जिल्ला अदालत चितवनले २४ वैशाख २०७१ मा किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारेखमा छाडेको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिटमा सुनुवाइ गर्दै इजलासबाट एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशअनुसार पौडेल २४ असारमा सर्वोच्च अदालत समक्ष हाजिर भएका थिए ।
अदालतले सोही दिन उनलाई डिल्लीबजार कारागार चलान गरेको थियो । यो मुद्दामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी भीमसेन, रुद्र आचार्य, कालिप्रसाद अधिकारी, भिष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाई चितवन अदालतमा मुद्दा दायर गरिएको थियो ।
तर पनि दोषिलाई कारवाही नगरेको भन्दै र आफूले न्याय नपाएको भन्दै कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी र बुबा नन्दप्रसाद अधिकारी आमरण अनसन बसे । ३३४ औं दिनको आमरण अनसनपछि २०७१ असोज ६ गते नन्दप्रसाद अधिकारीको वीर अस्पतालमा मृत्यु भयो ।
न्यायका लागि अनसनमा बसेका अधिकारीसँग वार्ता गर्न सरकारी पक्ष आउँदै आएनन् उल्टै पटक(पटक वार्ता गरेको भन्दै हल्ला फिजाएको गंगामाया बताउँनुहुन्छ ।
प्रतिक्रिया