Main News

राजधानीमै यस्तो असुरक्षा : मलमा तोडफोड र लुटपाट (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २ गते २०:२३
राजधानीमै यस्तो असुरक्षा : मलमा तोडफोड र लुटपाट (भिडियो रिपोर्टसहित)

२ फागुन २०७९ काठमाडौं । यातायात मजदुरको आन्दोलनका क्रममा सोमबार काठमाडौंको नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा तोडफोड र लुटपाट भयो । मलमा रहेका दुई पसलबाट मोबाइल फोन लुटिएको सीसीटिभी क्यामेरामा कैद रहेको छ ।

भिड त्यतिमा मात्र सीमित बनेन्, भिडले मलमा रहेका बैंकहरु, मल्टिप्लेक्समा समेत क्षति पुर्यायो । नजिकै रहेको कान्तिपुर मलमा पनि तोडफोड भयो । यतिसम्म हुँदा प्रहरी प्रशासनले ‘एक्सन’ लिनै सकेन ।

ट्राफिक नियम कार्यान्वयनको विरोधमा सोमवार बिहानदेखि नै यातायात सम्बद्ध मजदुर संगठनहरुको अगुवाईमा काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा प्रदर्शन भइरहेको थियो । साँझ प्रदर्शन हिंसात्मक बन्यो, प्रदर्शनकारीहरुले प्रहरीका भ्यान जलाइदिए ।

त्यतिमात्र होइन, बसपार्कमा रहेको ल्होत्से मलमा एउटा भिड प्रवेश गर्यो र थाल्यो लुटपाट गर्न । सोमालियातिर देखिने यस्ता दृश्य नेपाली समाजमै देखियो । आन्दोलनसँग कुनै साइनो नै नभएका मोवाइल पसलमा तोडफोड र लुटपाट भयो । प्रहरीलाई निशाना बनाएका आन्दोलनकारी एकाएक किन पसल लुटपाट गर्न उद्धेलित भए रु पसल सञ्चालकलाई नै आश्चर्यमा पारेको छ ।

राज्यसँग माग राखेर आन्दोलन गरिरहेका यातायात मजदुरले आफ्नो पसल लुटपाट गरेकोमा पीडित व्यवसायी मात्रै नभएर अन्य मोवाइल व्यवसायी नै आर्कोषित बनेका छन् । साथै राज्यले व्यवसायीको सुरक्षा दिन चुकेकोमा पनि प्रश्न उठेको छ । घटनाको भोलिपल्ट बसपार्कमै पत्रकार सम्मेलन गरेर व्यवसायीले दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्ति दिन सरकारसँग माग राखेका छन् ।

पीडित मध्येका एक अर्जुन चालिसेले आफ्नो पसलमा मोवाइल फोन लगायतका सामाग्री सहित विभिन्न सामान र नगद गरी आठ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् । त्यस्तै ल्होत्से मलमै रहेको अर्को मोवाइल पसलका सञ्चालकले पनि आफ्नो पसलमा साँढे नौ करोड रुपैयाँ बराबरको मोवाइल चोरी भएको दाबी गरेका छन् ।

पसल तोडफोडसंगै लुटपाट गरेको समूहले मलमै रहेको आइएनआई सिनेमा, कुमारी बैंको शाखा लगायतमा पनि क्षति पुराएका छन् भने ल्होत्सेको पारीपट्टि रहेको कान्तिपुर मलका सिसा पनि फुटाइदिएका छन । घटनाको अनुसन्धान, क्षतिको विवरण संकलनका साथै दोषीउपर कारबाही गर्न गृहमन्त्रालयले निदर्नेशन पनि दिइसकेको छ । आन्दोलन गर्ने यातायात मजदुरहरुले भने घटनाको जिम्मेवारी लिन आनाकानी गरेकाछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *