आर्थिक

गेटा मेडिकल कलेज, सञ्चालनका लागि छन् चुनौतीका चाङ (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १ गते २१:२०
गेटा मेडिकल कलेज, सञ्चालनका लागि छन् चुनौतीका चाङ (भिडियो रिपोर्टसहित)

१ फागुन २०७९ कैलाली । २०६६ सालमा सरकारले गेटा मेडिकल कलेज बनाउने घोषणा गर्दै बजेट विनियोजन गर्‍यो । २०७१ सालमै भवन शिलान्यास भइसक्दा पनि वातावरणीय प्रभाव मूल्यांकन र रूख कटान आदेश नपाएका कारण २०७३ सालमा बल्ल पूर्वाधार निर्माण सुरू भयो ।

६ वर्षमा गेटाको भव्य भौतिक संरचना लगभग बनिसकेको छ । अहिले त्यही कलेजलाई सरकारले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको छ । जसको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवलोकन गर्नुभएको छ ।

लगभग सात वटै प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज छ । कतिपय प्रदेशमा सरकारी मेडिकल कलेज बन्ने प्रक्रियामा छ । निजी भएपनि सञ्चालनमा छन् । तर, सुदूरपश्चिम प्रदेश यसबाट वञ्चित थियो । त्यसैले भारतको खटिमा, पलिया, वनबास लगायत ठाउँ पहाडी क्षेत्रका जनताका लागि स्वास्थ्यका भरपर्दो स्थान बन्ने गर्दथ्यो ।

आँखा अगाडि नै मेडिकल कलेज बनिरहेपनि सञ्चालन कुन स्वरुपमा हुने टुंगिएको थिएन । तर, आइतबारबाट सरकारले यसलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरिदिएको छ । आज अवलोकन भ्रमण गर्दै प्रधानमन्त्री प्रचण्डले समेत जनपेक्षा अनुसार नै निर्णय गरेको दावी गर्नुभएको छ ।

यस अघि गेटा मेडिकल कलेज सञ्चालनको मोडलबारे धेरै छलफल भएपनि अनिणिर्त हुँदै आएको थियो । ढिलै भएपनि सरकारले सञ्चालनका लागि पहल गरेपछि यस क्षेत्रका नागरिक खुशी छन् ।

मन्त्रिपरिषदले प्रस्तावित गेटा मेडिकल कलेजलाई शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरिसकेको छ । अब सरकारले ऐन संसदमा पेश गर्नुपर्ने हुन्छ । ऐन प्रतिनिसधिसभाले पारित गरेपछि मात्रै विश्वविद्यालयको कामकाज अगाडि बढ्ने छ । कलेज सञ्चालनमा आउन भने एक वर्ष भन्दा बढी समय लाग्नेछ ।

कार्यकारी निर्देशक, गेटा मेडिकल कलेज पूर्वाधार विकास समिति
६ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ वटा संरचना बनाएको छ । पूर्वाधारका १३ प्याकेजमध्ये एउटाको मात्र काम सकिन बाँकी छ । कलेजलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन १५ अर्ब बजेट लाग्ने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *