Main News
नयाँ नेतृत्व चयन गर्दै विवेकशील साझा
२०७९ माघ २८ गते ९:१५
२८ माघ २०७९ काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज सम्पन्न हुँदैछ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजोबाट सुरू भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि पार्टीका केन्द्रीय नेता समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा देखाएका छन् ।
तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् । नेता मिलन पाण्डको अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।
महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गर्नेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी छन् ।
प्रतिक्रिया