राजनीति

अनेरास्वियु नेतृत्व चयन कसरी? (भिडियो रिपोर्टसहित)

२०७९ माघ २३ गते २१:१९
अनेरास्वियु नेतृत्व चयन कसरी? (भिडियो रिपोर्टसहित)

२३ माघ २०७९ काठमाडौं । गत वर्ष चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनमा समेत सर्वसम्मतिकै नाममा केपी शर्मा ओलीलाई नेतृत्व सुम्पिन थालेको एमालेले धेरै नै आलोचना भएपछि अन्ततः मतदान प्रक्रिया अपनायो । तर मतदानमा केपी ओलीलाई नै भोट हाल्नु भनेर प्रतिनिधिहरुलाई सर्कुलर गरियो ।

सबैभन्दा बढी लोकतन्त्रको नारा लगाइरहने एमालेले पार्टीभित्र सर्वसम्मतिका नाममा माउ पार्टीमात्र होइन भ्रातृदेखि शुभेच्छुक संस्थाहरुमा पनि पकेटको नेतृत्व प्रदान गरेको छ । यसपटक पनि एमालेले विभिन्न भ्रातृ संस्थाको महाधिवेशनको मिति तोक्दा नेतृत्व चाँहि कसरी आउला भन्नेमा चासो बढेको छ ।

नेकपा एमालेका २३ वटा जनवर्गीय संगठनमध्ये अधिकांशमा सर्वसम्मतिका नाममा वा तदर्थ समितिका नाममा टिके नेतृत्व छ । जनवर्गीय संठनको महाधिवेशन त गर्ने तर पार्टी नेतृत्वलाई मन परेको व्यक्तिको नाममा सर्वसम्मतिका नाममा प्रतिस्पर्धीलाई निमोठ्ने खोज्ने प्रवृत्ति वर्षौँदेखि हाबी छ ।

हाल त्रिभुवन विश्वविद्यालयले चैतको पहिलो हप्ता स्ववियु निर्वाचन गर्ने तयारी गरेपछि एमालेले विद्यार्थी संगठन अनेरास्ववियुलगायत विभिन्न भ्रातृ संस्थाको महाधिवेशनको मिति तोकेको छ । मुख्य रुपमा चासो रहेको विद्यार्थी संगठनमा यसपटक पनि नेतृत्वले राजनीतिक संकटका नाममा वा अरु कुनै बाहनामा सर्वसम्मतिका नाममा पार्टी नेतृत्वले टिके प्रचलनलाई पुनरावृत्ति गराउने हो कि भन्ने चिन्ता विद्यार्थी नेताहरुमा छ ।

त्यसो त अनेरास्ववियुको प्रथम महाधिवेशन देखि २२ औं राष्ट्रिय सम्मेलन र नेतृत्व प्राप्तीकै इतिहास हर्ने हो भने जम्मा ५ पटक मात्रै निवार्चन प्रणालीबाट नेतृत्व चुनिएको छ । १७ पटक सर्वसहमतको नाममा नेतृत्व तोकिएको छ ।

प्रथम सम्मेलन विसं‍ २०२२ मा सुजन खरेलदेखि सत्रौं सम्मेलन २०६२ मा खिमलाल भट्टराईसम्मको अध्यक्षतामा सर्वसहमतिमै नेतृत्व चयन गरियो । २०६३ को १८ औँ राष्ट्रिय सम्मेलन मा ठाकुर गैरेको नेतृत्वदेखि २०७२ को २२ औं सम्मेलनमा नविना लामासम्म गरी ५ सम्मेलनमा भने निर्वाचन गरियो, अर्थात् लोकतान्त्रिक प्रणाली अपनाइयो ।

२०७५ मा पार्टी एकता भई बनेको एकताको कमिटीको संयोजक र २०७८ मा एकता विघठन भइ बनेको कमिटीको अध्यक्ष ऐन महरलाई बनाइयो भने एमाले र माओवादी छुट्टिएपछि २०७८ असोजमा सुनिता बराललाई अध्यक्षको जिम्मेवारी सुम्पिइयो ।

पार्टी नेतृत्व भने सर्वसम्मतिका नाममा पार्टी नेतृत्वले दिएको उम्मेदवारविरुद्ध अरु उम्मेदवारलाई उठ्न नदिनु वा टिका लगाएर थपडी पिट्नुलाई नै लोकतन्त्र भएको दाबी गर्ने गरेको छ ।

पार्टीले अनेरास्ववियुको तेइसौँ राष्ट्रिय सम्मेलन आगामी फागुन २ देखि ४ गतेसम्म हुने गरी मिति तोकेको छ । विद्यार्थी नेताहरुले सम्मेलनलाइ उत्साहित देखिएका छन् ।

एमालेले खेलकुद महासंघको अधिवेशन फागुन ७ देखि ९ सम्म, युवा संघ भने चैत्रको २७ देखि २९ सम्म हुने भएको छ । यी महाधिवेशनमा नेतृत्वका लागि पार्टीको नेतृत्वले फेरि पनि हस्तक्षेपको शिलशिला चलाउँछ वा लोकतान्त्रिक प्रणाली अपनाउछ त्यो भने केही दिनमै थाहा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्