Main News

काठमाडौंको तीन स्थानमा बर्डफ्लु संक्रमण पुष्टि

हिमालय टिभी
२०७९ माघ २३ गते १६:४८
काठमाडौंको तीन स्थानमा बर्डफ्लु संक्रमण पुष्टि

२३ माघ २०७९ काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको जानकारी दिएको हो ।

गत शुक्रबार खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरेर सकिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको छ । तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा पनि पन्छी नष्ट गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *