Main News

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्दै

हिमालय टिभी
२०७९ माघ २२ गते ९:००
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्दै

२२ माघ २०७९ काठमाडौं । सरकार र सत्ता गठबन्धनको बारेमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्दैछ ।

बिहान साढे ११ बजे बस्ने बैठकले सत्ता साझेदारी र समसामयिक राजनीतिक घटनाका विषयमा निर्णय गर्ने सांसद सन्तोष परियारले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि हिजो साँझ बसेको बैठक निष्कर्षविहीन सकिएको थियो ।

नागरिकता विवादका कारण पार्टी सभापति रवि लामिछानेले गृह मन्त्रीको पद गुमाएपछि अहिले फेरि गृह नै पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *