Main News

सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २१ गते १८:११
सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)

२१ माघ २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसकेको दाबी गर्नु भएको छ ।

ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शुरु भएको केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटनमा अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीर गर्नुभयो ।

उहाँले संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियम पालना नगर्नेहरु सरकारमा रहेकाले नेपाली जनतामा निराशा छाएको तर्क गर्नुभयो ।

अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *