Main News

सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २१ गते १७:४२
सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन (भिडियो रिपोर्टसहित)

२१ माघ २०७९ काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको विरोधमा प्रदर्शन भएको छ ।

युवाको एक समूहले नेपाल क्रिकेट संघ क्यान र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै डिभिजन लिग टु अन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको छ ।

क्रिकेटर लामिछाने हिजोदेखि नियमित अभ्यासमा छन् । बलात्कारको आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्वन गरेको थियो ।

गत मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले नेपालको क्रिकेटलाई उकास्नका लागि सन्दीपलाई खेलाउनैपर्ने बाध्यता रहेको क्यानले जनाएको थियो । बैठकले सन्दीपमाथिको निलम्वन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *