Main News
मलेसियाका गृहमन्त्री आजदेखि औपचारिक भेटवार्तामा
२०७९ माघ २० गते ९:०४

२० माघ २०७९ काठमाडौं । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता गर्दै हुनुहुन्छ ।
तीन दिने नेपाल भ्रमणको क्रममा हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग आज औपचारिक भेट्ने तय भएको छ ।
भेटका क्रममा नेपाल र मलेशियाबीच श्रम सम्झौता पनि हुने बताइएको छ ।
प्रतिक्रिया