Main News

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ माघ २० गते ८:५४
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

२० माघ २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दैछ ।

आज दिउँसो ३ बजे बस्ने बैठकमा दलका नेताहरूको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक विषय तथा सरकार सञ्चालनका विषयमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिनुभयो ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था र पार्टीको भावी योजनाका बारेमा मन्तव्य दिनुभएको थियो ।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको माग गर्दै दुई दिनको अल्टिमेटम दिएपछि सरकारको नेतृत्वकर्ता दल माओवादीको बैठकमा आज त्यस बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *