Main News

नौ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

२०७९ माघ १९ गते ९:५३
नौ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

१९ माघ २०७९ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *