Main News

सञ्चार माध्यमलाई सेवामूलक उद्योगको मान्यता दिने प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १७ गते १६:१५
सञ्चार माध्यमलाई सेवामूलक उद्योगको मान्यता दिने प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

१७ माघ २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताउनु भएको हो ।

सरकारले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले श्रमजीवि पत्रकारका लागि निर्मित कानूनहरुको प्रभावकारी कार्यान्वयन गरिने र सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रुपमा स्थापित गरिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *