Main News

नेपालको आर्थिक समृद्धि अमेरिकाको चाहना: उपविदेशमन्त्री न्युल्यान्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १६ गते १८:११
नेपालको आर्थिक समृद्धि अमेरिकाको चाहना: उपविदेशमन्त्री न्युल्यान्ड (भिडियो रिपोर्टसहित)

१६ माघ २०७९ काठमाडौं । अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपालको आर्थिक समृद्धि अमेरिकाको चाहना रहेको बताउनुभएको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उपविदेशमन्त्री न्युल्याण्डले अमेरिकी सहयोग लिने वा नलिने नेपालको स्वतन्त्रता भएको बताउनुभयो ।

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता कार्यान्वयनबारे नेपालमा विवाद भएको थियो । पछि संसदले पारित गरेपछि एमसीसी कार्यान्वयनमा आएको छ ।

न्युल्याण्डको नेपाल भ्रमण एमसीसी कार्यान्वयनमा समेत केन्द्रित रहेको छ । कार्यक्रममा न्युल्याण्डले नेपाल यो क्षेत्रकै शक्ति राष्ट्र बनोस भन्ने आफूहरुको चाहना रहेकाले थप सहकार्यका लागि तयार रहेको उल्लेख पनि गुर्नभयो ।

अमेरिकी सहयोग परियोजना एमसीसीको कार्यान्वयले जलविद्युत मार्फत मुलुकको आर्थिक समृद्धि र रोजगारी सृजनामा टेवा पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

आइतबार काठमाडौं उत्रिएकी न्युल्याण्ड आज दिनभर राजनीतिक भेटवार्तामा व्यस्त रहनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय सहयोग र आपसी हितका विविध आयाममा छलफल गर्नुभयो ।

यस्तै न्युल्याण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो । त्यस्तै उहाँले सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग पनि भेटवार्ता गर्नुभयो ।

तस्वीरः गुञ्जनराज गिरी/हिमालय टेलिभिजन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *