Main News

कालिका कन्स्ट्रक्सन: डेढ अर्ब ठेक्कामा काम, भौतिक प्रगति भने सुस्त (भिडियो रिपोर्टसहित)

२०७९ माघ १० गते १७:४२
कालिका कन्स्ट्रक्सन: डेढ अर्ब ठेक्कामा काम, भौतिक प्रगति भने सुस्त (भिडियो रिपोर्टसहित)

१० माघ २०७९ काठमाडौं । मोरङको सात र सुनसरीको एक गरेर कुल ८ वटा सडक र पुलको ठेक्का कालिका कन्स्ट्रक्सनको हातमा छ ।

त्यो कन्स्ट्रक्सन बहालवाला सहरी विकास मन्त्री विक्रम पाण्डेको हो । ती आयोजनाको काम भने कन्स्ट्रक्सनबाट नभई ‘सब कन्ट्रयाक्टर’ मार्फत अघि बढेको छ । डेढ अर्बका ठेक्कामा काम गरिरहेको भएपनि आयोजनाको भौतिक प्रगति भने सुस्त छ ।

सडक डिभिजन कार्यालय विराटनगरका अनुसार कालिका कन्स्ट्रक्सनले मोरङमा सात र सुनसरीमा एक गरी कुल ८ वटा सडक आयोजनाको कामको जिम्मा पाएको छ । तर कालिकाले ती आयोजना आफुले नगरेर कमिशनको आधारमा ‘सब कन्ट्रयाक्टर’मार्फत काम गराउदै आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले निकालेको ठेक्का कालिकाले संयुक्त रूपमा लिएको छ । कालिका–भेदान्सी जोइन्ट भेन्चर रूपमा ठेक्का लिइएको हो । तर सबै आयोजनाको काम सब–कन्ट्रयाक्टरका रुपमा जिम्मा लिएर क्रसर व्यवसायी भीम पौडेलले एक्लै गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय विराटनगरका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा दुई वर्षभित्र सम्पन्न गर्ने गरी मोरङ–सुनसरीका ८ वटा सडकका आयोजना कालिकाले ठेक्का सम्झौता गरेको छ । तर आयोजनाको प्रगति भएको छैन ।

कुन आयोजनाको प्रगति कति ?
निर्माण व्यवसायी
१‍‍. कालिका–भेदान्सी जेभी
सडक आयोजना
मोरङ सुन्दरहरैँचा कारवना, हरैँचा बजार, बयरवन बजार हुँदै कुशल चौक, हसन्दह–ब्रकाहा खोला सडक
निर्माण लागत
१२ करोड २८ लाख ७७ हजार
निर्माण सम्पन्न मिति
२०८१ चैत मसान्त
प्रगति
१० प्रतिशत

२. कालिका–भेदान्सी जेभी
गछिया–लोचनी–शेषनारायण दिब्यधाम सडक
१३ करोड ९२ लाख ६४ हजार
२०८१ चैत मसान्त
२० प्रतिशत

३. कालिका–भेदान्सी जेभी
बेलबारी–फडानी–संगमडाँडा सडक
११ करोड ३२ लाख
२०८१ चैत मसान्त
१० प्रतिशत

४. कालिका–भेदान्सी जेभी
घाघीपुल–द्रौपती मार्गदेखि रंगेली, कानेपोखरी र आमतोला सप्तरी हुँदै रंगेली–झापा हुलाकी सडक
१३ करोड ९१ लाख ७३ हजार
२०८१ चैत मसान्त
१५ प्रतिशत

५. कालिका–भेदान्सी जेभी
पथरी–शनिश्चरे सडक
१३ करोड ६६ लाख ७९ हजार
२०८१ चैत मसान्त
१० प्रतिशत

६. कालिका–भेदान्सी जेभी
सुनसरी–इनरुवा–सखुवागाँछी–रामधुनी हुँदै झुम्का जोड्ने सडक
१४ करोड ८३ लाख ४५ हजार
२०८१ चैत मसान्त
१५ प्रतिशत

७. कालिका–भेदान्सी जेभी
कटहरी–नयाँ बजार हुँदै भौडाहा थलाहा–मोतिपुर–बेलबारी सडक
१३ करोड ९३ लाख १७ हजार
२०८१ चैत मसान्त
१० प्रतिशत

८९ करोड ५६ लाख लागतको मोरङस्थित रतुवा–केशल्या सडक स्तरोन्नति कालिका–मैनाचुली–बेदान्सी जेभीले ठेक्का लिएर काम गरिरहेका छन् । तर, यसको पनि प्रगति सन्तोषजनक छैन । तर, पाण्डेका सब कन्ट्रयाक्टर भने सम्झौता मितिभित्रै काम सपन्न गर्ने दावी गर्छन् ।

बहुवर्षीय आयोजना हात पारेको कालिका कन्स्ट्रक्सनको रेकर्ड कहिल्यै पनि राम्रो छैन । आयोजना अलपत्र पार्ने भन्दै कालिकाको आलोचना हुने गरेको छ ।

अझ, सिक्टा सिँचाइ आयोजना अलपत्र पारेर भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सहरी विकास मन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्बभन्दा बढी बिगो, त्यति नै जरिवाना र २ वर्ष कैद मागदाबीसहित चार वर्षअघि मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतबाट पाण्डेले सफाइ पाउनुभएको थियो । तर, आयोजनालाई लठीभद्र पार्न अग्रसर व्यक्ति नै स्वार्थ बाँझिने मन्त्रालयमा पुग्दा के सबै काम समयमा सकिएला ? भन्ने शंका उब्जिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *