Main News

मेयर बालेन्द्रको अधिनायकवादी शैली, प्रश्नमा अचम्मको मौनता, आलोचना सुन्नै नसक्ने !(भिडियो रिपोर्टसहित)

२०७९ माघ ८ गते २१:११
मेयर बालेन्द्रको अधिनायकवादी शैली, प्रश्नमा अचम्मको मौनता, आलोचना सुन्नै नसक्ने !(भिडियो रिपोर्टसहित)

८ माघ २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति जनविश्वासको ग्राफ घट्दैछ । उहाँको शैलीले काठमाडौंका मतदाता दिक्क बन्न थालेका छन् ।

विना अध्ययन काठमाडौंमा भत्काइएका संरचना मात्र होइन, सुकुम्बासी हटाउने प्रयास जस्ता कामले महानगर प्रमुख आलोचित बन्नुभएको छ । सार्वजनिक प्रश्नको जवाफबाट भाग्ने प्रमुख शाह उल्टो आलोचकहरुमाथि खनिनुहुन्छ ।

काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा जितेपछि बालेन्द्र शाहले नगर कार्यापालिकाको पहिलो बैठक नै प्रत्यक्ष प्रशासरण गराउनुभयो । उहाँको यो शैलीको चौतर्फी समर्थन भयो । एक जनप्रतिनिधि त कम्तिमा उदार र पारदर्शी बने भन्न थालियो । तर, महानगरपालिकाको प्रमुख बनेको ८ महिनापछि शाह उल्टो धारमा चल्न थाल्नुभएको छ । उहाँलाई त आफ्नो आलोचना पनि सह्य हुनै छाडेको छ । उहाँको कार्यकालको यो अवधिमा धेरै संरचना भत्काइयो, पार्किङका लागि भत्काइएका संरचना बनाउन प्रयास नै थालिएन ।

सार्वजनिक शौचालयको अवस्था त सम्झनामा मात्र सिमित बनेको छ । हौसिएर भत्काउन गएको सुकुम्बासी बस्तीमा रहने सुकुम्बासीले उल्टै लखेटे । महानगरको कार्यक्षेत्रमा पर्ने सामुदायिक विद्यालय एक रत्ति पनि सुधार हुन सकेन ।

यस्ता थुप्रै काममा शाहको आलोचना भइरहेको छ । एउटा उदाहरण गत शुक्रबार मात्रै चलचित्र निर्देशक तथा निर्माता विशाल भण्डारीले भत्काउन बाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा महानगर प्रमुख शाहले गैरजेम्मेवारीपूर्ण जवाफमात्र दिनु भएको छैन पदीय मर्यादा नै विर्सिएर तुच्छ स्थरको टिप्पणी गर्नुभएको छ । यो हेर्नुहोस् मेयर सापको जवाफ ।

चलचित्र निर्माता भण्डारीले गत शुक्रबार राति करिब १० बजे सामाजिक सञ्जालमा एउटा स्टेटस् लेख्नुभयो । काठमाडौंका मेयर शाहलाई ध्यानाकर्षण गराउन लेखिएको यो स्टेटस हेरौं–

‘साथी अब बनाम, भत्काउन पुग्यो भन्दै भण्डारीले मेयर शाहलाई ट्याग गरेपछि शाहले भण्डारीलाई विकाउ मान्छेको संज्ञा दिँदै तथानाम प्रति प्रश्न गर्नु भयो । निर्माता भण्डारीले पुनः एउटा स्टाट्स मार्पmत शाहलाई जवाफ दिनुभयो । तर, मेयर शाहले त्यस्मा प्रतिक्रिया जनाउँदै मदिरा सेवन गरेर दुःख नदिन चेतावनी नै दिनुभयो । यो पनि हेरौं ।

उहाँले आफू भन्दा उमेरहदको पनि ख्याल नराखि अहंकार र कुण्ठासहित उमेरले दाजु पर्ने भण्डारीलाई भाइ भन्दै टिप्पणी सुरु गर्नुभयो । यसप्रति भण्डारीले आपत्ति जनाउनुभयो । भण्डारीले प्रश्नको जवाफबाट भागेर मेयर शाहले तानाशाह प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ ।

विशाल भण्डारीसँग मात्र हैन, त्यसो त शाहले कसैको पनि जवाफ दिनुहुन्न । न त सञ्चारमाध्यामले उठाएका प्रश्नकै जवाफ दिने हिम्मत राख्नुहुन्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक आर्थिक वर्षमा ४ महिनाको अन्तरमा ३ पटक सार्वजनिक सुनुवाई हुनुपर्छ । त्यसमा महानगरपालिकाले आफ्नो नीति, नियम, काम कारवाही र कार्यशैलीमाथि नागरिकले गरेका प्रश्नको सार्वजनिक रुपमा जवाफ दिनुपर्छ । तर मेयर शाहले यो ऐन नै लत्याउनुभएको छ । कानूनतः दुई पटक सार्वजनिक सुनुवाइ भइसक्नुपर्थ्यो ।
मेयर शाहलाई प्रश्नगर्दा कि त मेयर आफैं उत्तेजित बन्नुहुन्छ या त उहाँका समर्थक र साइबर सेनाले प्रश्नकर्तालाई खेद्ने गर्छन् । यसले जनताप्रतिको उत्तरदायित्वबाट भाग्न खोजेको प्रष्ट हुन्छ ।

काठमाडौंको पार्किङ, फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय, पूर्वाधार एम्बुलेन्स, टुकुचा, सुकुम्बासी बस्तीदेखि खुल्लामञ्चसम्मका कामले बालेन्द्र शाह आलोचित हुँदै जानुभएको छ । आम नागरिकले स्थानीय सरकारबाट खोज्ने सहजता, दैनिक आइपर्ने समस्याप्रति उहाँको ध्यानै छैन । बरु आलोचकहरुप्रति असहिष्णु व्यवहार नछाड्ने शाहको प्रवृत्तिले जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान दोहोर्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *