Main News
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए विश्वासको मत
२०७९ माघ ४ गते १६:३३
४ माघ २०७९ जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा उपस्थितको शतप्रतिशत विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा १० राजनीतिक दल र स्वतन्त्र सांसदहरुले यादवलाई विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक रहेकोमा आज प्रदेशसभामा उपस्थित १०२ जना सांसदले मत दिएका हुन् । मधेस प्रदेशमा १०७ जना प्रदेश सांसद छन् ।
माओवादीका २ जना सांसदले भने सर्वोच्च अदालतको आदेशका कारण शपथ लिन पाएका छैनन् । यादव जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बन्नुभएको थियो ।
प्रतिक्रिया