Main News
मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
२०७९ माघ ४ गते ८:५१
४ माघ २०७९ जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
प्रदेश सभा सचिवालयका अनुसार आज बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।
पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जसपा संसदीय दलका नेता यादवले पुस २९ गते पद तथा गोपनियताको शपथ लिनु भएको थियो । पछि लोसपाले समर्थन दिँदा उहाँलाई हाल ७२ सांसदको समर्थन छ ।
नेपाली कांग्रेसले भने मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने वा नदिने विषयमा छलफल गर्न आज बिहान १० बजे काँग्रेस संसदीय दलको बैठक बस्दैछ ।
प्रतिक्रिया