राजनीति

मन्त्रिपरिषद् विस्तार, यी हुन् नयाँ अनुहार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ३ गते २०:५५
मन्त्रिपरिषद् विस्तार, यी हुन् नयाँ अनुहार (भिडियो रिपोर्टसहित)

३ माघ २०७९ काठमाठौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‌मा अझै दुई मन्त्री नियुक्त गर्न बाँकी छ ।

२० मन्त्री र ३ राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद्‍मा १५ जना नयाँ अनुहार आएका छन् । संघीय निर्वाचनपछि राजनीतिक समीकरण मात्रै फेरिएको छैन दलहरुबाट पूरानाले मात्रै अवसर पाउने अवस्थामा परिवर्तनको संकेत पनि देखिएको छ । प्रचण्ड सरकारका नयाँ मन्त्रीहरु को कस्ता छन् त ?

यस अघि प्रायस् पुराना अनुहारबीच एक दुई जना मात्रै नयाँले अवसर पाउने गरेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा भने १४ जना सांसदले मन्त्रीमा ुडेब्युु अवसर पाएका छन् भने ३ जना राज्यमन्त्री प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ पूराना अनुहार हुन् भने दुई उपप्रधानमन्त्री रवि लामिछाने र राजेन्द्र लिङदेन नयाँ अनुहारका रुपमा मन्त्रिपरिषद्‍मा छन् । त्यस्तै मन्त्रीमा माओवादी केन्द्रबाट रेखा शर्माबाहेक अन्य नयाँ छन् । एमालेबाट दामोदर भण्डारी, ज्वाला कुमारी साह र भगवती चौधरीबाहेक अरू नयाँ हुन् । यस अघि गत पुस १० मा मन्त्री बनेकाबाहेक नियुक्त मन्त्रीहरु को कस्ता छन् त ?

राजेन्द्र लिङ्देन, उपप्रधान तथा ऊर्जामन्त्री
२०७८ मंसिर १९ गते कमल थापालाई पराजित गर्दै राप्रपाको अध्यक्ष बनेका लिङ्देन २०७४ मा पहिलो पटक सांसद बन्नुभएको थियो । दुबै पटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएर झापा(३ बाट सांसद निर्वाचित लिङ्देनलाई एमालेले साथ दिएको थियो । विद्यार्थीकालदेखि नै राप्रपाको राजनीतिमा लागेका लिङ्देन झापा जिल्ला विकास समितिको सभापति समेत भइसक्नुभएको छ । यस पटकको निर्वाचनमा राप्रपालाई बलियो वैकल्पिक शक्तिका रुपमा स्थापित गराएका लिङ्देनको सत्तारोहण पहिलोपटक भएको हो ।

सुदन किराती, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका किराती माओवादी केन्द्रबाट लगातार दुई समग्रमा तीन निर्वाचन जित्ने सांसद हुनुहुन्छ । एमालेको गढ मानिने भोजपुरमा एमाले नेता एवं प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईलाई हराएर तेस्रो पटक सांसद बनेका किरातीलाई प्रचण्डले रोजेको मन्त्रालय दिने बाचा गर्नुभएको थियो । माओवादी द्वन्द्वका क्रममा १ वर्ष जेल परेका किरातीले पहिलो पटक मन्त्री बन्ने अवसर पाउनुभएको हो ।

विमला राई पौड्याल, परराष्ट्रमन्त्री
राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य विमला पौडेल राई नेकपा एमालेका तर्फबाट परराष्ट्र मन्त्री बन्नुभएको हो । एमालेकै नेतृ साहना प्रधान र कांग्रेस नेतृ सुजाता कोइरालापछि परराष्ट्र मन्त्री बन्ने तेस्रो नेतृ हुनुभएको छ, राई । २०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी पौडेलले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय परियोजनामा काम गरेको अनुभव छ । २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भइसकेकी राई पहिलो पटक मन्त्री बन्नुभएको हो ।

भगवती चौधरी, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री
२०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पराजित चौधरीले यस पटक दुबै हारको बदला लिंदै कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्नुभएको हो । २०६४ मा समानुपातिक सांसद र वन तथा भू–संरक्षण राज्यमन्त्री भएकी चौधरीले प्रत्यक्ष चुनाव जितेसँगै फुल मन्त्रीको अवसर पाउनुभएको हो ।

दामोदर भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति
२०७०, ०७४ र यस पटकको निर्वाचन लगातार जितेर ह्याट्रिक गरेका भण्डारी यस अघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा अर्थ राज्यमन्त्री भइसक्नुभएको छ । यस पटक फुल मन्त्रीको अवसर पाउनुभएका भण्डारी पुर ११ यता विना विभागीय हुनुहुन्थ्यो ।

विक्रम पाण्डे, सहरी विकासमन्त्री
२०७० को निर्वाचन जितेर मन्त्री भइसकेका पाण्डे ०७४ मा माओवादी अध्यक्ष प्रचण्डसँग पराजित हुनुभएको थियो । यस पटक चितवन(३ बाट विजयी भएका पाण्डे प्रचण्डकै मन्त्रिपरिषद्‍मा सहरी विकास मन्त्रीका रुपमा सरकारमा जानुभएको छ । ठेक्का पट्टा पृष्ठभूमि रहेका पाण्डेलाई सिक्टा सिँचाइ आयोजना अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोग छ । विशेष अदालतले गत असार ५ मा उनीहरूलाई सफाइ दिए पनि फैसलाको पूर्ण पाठ आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत जाने तयारीमा छ ।

शिशिर खनाल, शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका खनाल काठमाडौं ६ बाट निर्वाचित सांसद हुनुहुन्छ । सुरूमा स्वतन्त्र उम्मेदवारी अभियानमा रहेका खनालले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्हबाट निर्वाचन लड्नुभएको थियो । ुटिच फर नेपालुका संस्थापक खनालसँग लामो समय शिक्षा क्षेत्रमा काम गरेको अनुभव छ । शिक्षा क्षेत्रको समस्या नजिकबाट बुझेका खनालले मन्त्रीका रुपमा कस्तो काम गर्ने हो हेर्न बाँकी छ ।

डोलप्रसाद अर्याल, श्रममन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल ९डिपी० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा पहिलो पटक सत्तामा पुग्नुभएको छ । पुर्ख्यौली घर धादिङ भएका अर्याल समानुपातिक सांसद हुनुहुन्छ । रेमिट्यान्स व्यवसायी अर्यालले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेको अनुभव छ । अर्याललाई रास्वपाले विज्ञताका आधारमा श्रम मन्त्री बनाएको हो ।

ध्रुवबहादुर प्रधान, कानूनमन्त्री
कानून मन्त्री बनेका राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान तेस्रो प्रयासमा पहिलो पटक सांसद र मन्त्री बन्नुभएको हो । नेपाल प्रहरीका महानिरीक्षकका रुपमा २०५३ देखि २०५६ सालसम्म काम गरेका प्रधान अवकाश भएपछि राजनीतिमा आउनुभएको थियो । नवलपरासी पश्चिम(२ बाट निर्वाचित प्रधानले कानुन मन्त्रीका रुपमा कस्तो भूमिका खेल्ने हुन हेर्न बाँकी छ ।

अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका मोदी मोरङ(५ बाट निर्वाचित सांसद हुनुहुन्छ। २०७४ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित मोदी २०७० सालको निर्वाचनमा समानुपातिक सांसद बन्नुभएको थियो । माओवादी युद्धकै समयमा माओवादी मोरङको विद्यार्थी संगठनको अध्यक्षसमेत भएर काम गरेका मोदी संविधानसभामा माओवादीले गरेको तोडफोडमा जनार्दन शर्मासँगै कुर्ची भाँचेर चर्चामा आउनुभएको थियो । पहिलो पटक मन्त्रीको अवसर पाएका मोदीले संघीयता कार्यान्वयन र कर्मचारी व्यवस्थापनको काम कसरी गर्नेहुन् हेर्न बाँकी छ ।

पदम गिरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका गिरी पर्वतबाट लगातार दोस्रो प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट उदाएका गिरी २०७४ मा पहिलो पटक सांसद हुनुभएको थियो । २०४७ सालदेखि राजनीतिमा आवद्ध गिरी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापति र अनेरास्ववियुको सचिवालय सदस्य भइसक्नुभएको छ । पर्वतमा कांग्रेसको गढ भत्काउन सफल गिरीले स्वास्थ्य मन्त्रालयमा देखिएको विसंगति भत्काउन कति सफल हुनुहुन्छ, बाँकी छ ।

हरि उप्रेती, रक्षामन्त्री
रक्षा मन्त्री बनेका उप्रेती सर्लाही(३ बाट निर्वाचित एमाले सांसद हुनुहुन्छ । २०७० सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित उप्रेतीले २०७४ सालमा भने टिकट पाउन सक्नुभएन । एमाले केन्द्रीय सदस्य उप्रेती २०३७ सालमा अनेरास्ववियुबाट राजनीति सुरू गर्नुभएको थियो । २०४४ सालदेखि सक्रिय राजनीतिमा रहेका उप्रेती सर्लाहीमा निकै लोकप्रिय मानिनुहुन्छ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेतीका दाई समेत रहेका हरिले रक्षा मन्त्रीका रुपमा कस्तो काम गर्ने हुन् हेर्न बँँकी छ ।

राजेन्द्र राई, भूमि व्यवस्था तथा सहकारीमन्त्री
धनकुटाबाट लगातार दुई पटक निर्वाचित एमाले सांसद राईले गत पुस ११ गते नै मन्त्रीको शपथ लिनुभएको थियो। भूमि सुधार मन्त्रालयको जिम्मेवारी पाएका राई २०७० मा भने राप्रपाका सुनिल थापासँग चुनावमा पराजित हुनुभएको थियो । तर, २०७४ र २०७९ को निर्वाचनमा उहाँ विजयी हुनुभयो । २०३५ सालदेखि विद्यार्थी राजनीति सुरू गरेका राई २०५१ सालमा धनकुटाको जिविस उपसभापति भइसक्नुभएको थियो ।

अब्दुल खान, खानेपानीमन्त्री
खान सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष हुनुहुन्छ । खानेपानी मन्त्री बनेका खान सुरूदेखि नै राउतको अभियानमा सक्रिय हुनुहुन्थ्यो । समानुपातिकतर्फ सांसद बनेका बर्दियाका खानले जनमत पार्टीमा प्रशिक्षकका रुपमा काम गर्नुभएको छ । पुस ११ गते नै मन्त्रीको शपथ लिएका खानले बल्ल मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

तोसिमा कार्की, स्वास्थ्य राज्यमन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री हुनुभएको छ । ललितपुर(३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्की मेडिकल काउन्सिलकी पूर्व सदस्य हुनुहुन्छ । कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेको अनुभव छ । चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले गरेको सत्याग्रह अभियानमा सक्रिय कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रुपमा कस्तो काम गर्ने हो हेर्न बाँकी छ ।

सुशीला श्रीपाली, पर्यटन राज्यमन्त्री
पर्यटन राज्यमन्त्री बनेकी श्रीपाली २०४६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ हुनुहुन्छ । २०५४ सालसम्म भारतमै रहेर माओवादी आन्दोलनमा सहभागी श्रीपाली माओवादी केन्द्रीय सदस्य हुनुहुन्छ । श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत् नेपाली सेनामा कार्यरत हुनुहुन्छ । २०६८ मा उनी दलित आयोगको सदस्य भइसकेकी श्रीपाली समानुपातिक सांसद हुनुहुन्छ ।

दीपकबहादुर सिंह, ऊर्जा राज्यमन्त्री
ऊर्जा राज्यमन्त्री बनेका सिंह मकवानपुर(१ बाट निर्वाचित सांसद हुनुहुन्छ । नेकपा ९एमाले० को चुनाव चिन्ह लिएर उम्मेदवार बनेका कमल थापा र कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायलाई हराएर चर्चामा आएका सिंह हक्कि स्वभावका नेता मानिनुहुन्छ । गत वैशाखको चुनावमा हेटौंडा उपमहानगरको मेयरमा पराजित भएका सिंह पहिलो पटक सांसद निर्वाचित भएसँगै उर्जा राज्यमन्त्रीको अवसर पाउनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्