Main News

सभामुख चयन गर्न कार्यतालिका सार्वजनिक

हिमालय टिभी
२०७९ माघ ३ गते १४:४४
सभामुख चयन गर्न कार्यतालिका सार्वजनिक

३ माघ २०७९ काठमाडौं । संसद सचिवालयले प्रतिनिधि सभाको सभामुख चयन गर्न कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिका अनुसार भोलि दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्। सभामुख चयन गर्न पर्सि मतदान हुनेछ।

सत्तारूढ गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ। सत्ता गठबन्धनका एकजुट हुँदा गठबन्धनका उम्मेदवारको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ।

एमालेबाट सांसद देवराज घिमिरे सभामुख उम्मेदवार बन्ने प्रबल सम्भावना छ। सभामुखको दौडमा एमाले सांसदहरू पृथ्वीसुब्बा गुरूङ, विद्या भट्टराई, छविलाल विश्वकर्मा पनि हुनुहुन्छ । कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बेला कांग्रेसले सभामुख र राष्ट्रपतिमा भाग खोजेको चर्चा छ । तर सत्तारुढ एमालेका नेताहरुले भने कांग्रेसलाई भाग दिन नसकिने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *