Main News

मन्त्रालय भागबण्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी

२०७९ माघ २ गते १८:०५
मन्त्रालय भागबण्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी

२ माघ २०७९ काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउनका लागि सत्ता साझेदार दलको बैठक बसिरहेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री रवी लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजै मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको थियो । ओली निवास बालकोटमा भएको लामो छलफलपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारमा आजै सहमति जुट्ने बताउनुभएको थियो ।

उपप्रधानमन्त्री विष्णु पौडेलले पनि आजै बैठक बस्ने र सहमति खोजिने बताउनुभएको थियो । दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री दाहालले गत पुस ११ गते सानो आकारको मन्त्रिमण्डल बनाउनुभएको थियो । उहाँले गत पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *