प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता
२ माघ २०७९ काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाई भैरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा भएको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनमा केन्द्रित रहेको बताइएको छ ।
राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेका बेला प्रचण्ड बालकोट पुग्नु भएको हो ।
सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।
सभामुखको निर्वाचन माघ ५ गते तोकिएकाले पनि छिट्टै भागबण्डा टुंग्याउनु पर्ने दबाब गठबन्धनमा छ ।
प्रतिक्रिया