Main News
हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्ने : प्रधानमन्त्री प्रचण्ड (भिडियो रिपोर्टसहित)
२०७९ पुष २९ गते १७:०८
२९ पुस २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ ।
ललितपुरमा आज आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वभर व्यापार गर्न सकिने यो क्षेत्रको प्रवर्धनमा सरकार लाग्ने बताउनु भयो ।
उहाँले हस्तकला क्षेत्र राम्रोसँग प्रवर्धन गर्नसके देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउनसक्ने र विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफूले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रुपमा लिएको भन्दै जनताको यो अग्निपरीक्षामा राजनीतिक दलहरु पास भएर देखाउनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया