Main News
सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुने
२०७९ पुष २८ गते ९:०१
२८ पुस २०७९ धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदैछ ।
दिउँसो १ बजे मतदान गर्ने कार्यतालिका रहेको सुदूरपश्चिमको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्र बहादुर पालले जानकारी दिनुभयो । प्रदेशको सभामुखमा माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावलको उम्मेद्वारी परेको छ ।
माओवादीका भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिँदा काँग्रेसका रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रदेश सभा सचिवालयका प्रवक्ता पालका अनुसार उपसभामुखको लागि भने आउँदो सोमवार २ गते मतदान गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया