Main News
सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै
२०७९ पुष २७ गते ९:०५
२७ पुस २०७९ काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदैछ ।
बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखको मनोनयन दर्ताका लागि समय दिइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
आजै उम्मेदवारको नामावली प्रकाश, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक गर्ने सचिवालयको कार्यतालिका छ ।
सचिवालयका अनुसार आजै अन्तिम नामावली प्रकाशन गरेर भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तयारी छ ।
सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परे पनि अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्ने बारे माओवादीले निर्णय गर्न सकेको छैन ।
प्रतिक्रिया