आर्थिक

उखु खेती गरेका किसान समस्यै समस्यामा, अन्य खेतीतर्फ आकर्षित (भिडियो रिपोर्टसहित)

२०७९ पुष २६ गते २०:४४
उखु खेती गरेका किसान समस्यै समस्यामा, अन्य खेतीतर्फ आकर्षित (भिडियो रिपोर्टसहित)

२६ पुस २०७९ नवलपरासी पश्चिम । खेती गर्न बढी लागत लाग्ने, समयमा मल नपाउने र उत्पादन पछि पनि सोचे अनुसारको रकम चिनी मिलबाट नपाउने लगायतका समस्याले नेपालमा उखु खेती कम हुँदै गएको छ ।

सरकारले न्यून मूल्य तोक्ने त्यसमाथि चिनी मिलले समयमा भुक्तानी नगर्दा किसानलाई घर व्यवहार चलाउनै मुस्किल हुन थालेको छ । यस्तै समस्याका कारण नवलपरासी पश्चिमका किसान उखु छोडेर अन्य खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका(८ का उखु किसान युवराज मौर्यले उखु खेती घटाउँदै लगेका छन् । विगतमा पाँच बिघा क्षेत्रमा उखु लगाएका मौर्यले गत वर्षदेखि एक बिघामा मात्रै खेती गरेर अन्यमा भने धान खेती गरिररहनुभएको छ । पाँच वर्षअघि मिलले भुक्तानी नियमित रूपमा दिने गर्दथे । तर, पछिल्ला समय सरकार र मिल संचालकबाट किसान हेपिन थालेका छन् ।

२०५९र०६० सालतिर ५८ लाख क्विन्टलसम्म उखु उत्पादन हुने नवलपरासीमा अहिले खेती नै कम भइरहेको छ । २०६४ सालमा १० हजार हेक्टर जमिनमा उखु खेती भएको थियो ।

जसबाट ३२ लाख क्वीन्टल उखु उत्पादन हुन्थ्यो । २०७२ मा आइपुग्दा उखु खेती साढे सात हजार हेक्टरमा खुम्चिएको खेतीबाट १८ लाख क्विन्टल उत्पादन भयो । अहिले करिव पाँच हेक्टरमा खेती हुँदा करिव १० लाख क्वीन्टलमात्र उत्पादन भइरहेको छ ।

जिल्लामा लुम्बिनी चिनी मिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज,बागमती खाँडसारी चिनी उद्योग गरी ३ ठूला उद्योग छन् । तर कुनै पनि उद्योगले उखु उत्पादन बढाउन र कृषक प्रोत्साहनमा कुनै काम गरेका छैनन् । यही मौकामा जिल्लामा रहेका एक सयभन्दा धेरै उद्योगले कृषकको बाध्यात्मक परिस्थितिको फाइदा उठाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *