Main News

विपक्षी बेञ्चमा माधव नेपाल र रञ्जिता श्रेष्ठ

हिमालय टिभी
२०७९ पुष २५ गते १५:०२
विपक्षी बेञ्चमा माधव नेपाल र रञ्जिता श्रेष्ठ

२५ पुस २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी संसदमा भने प्रतिपक्षको बेञ्चमा बसेको छ ।

रेशम चौधरीको रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने यसअघि नै बताइसकेको छ ।

४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले हिजो नै संसद सचिवालमा आफू प्रतिपक्षमा बस्ने जानकारी गराउनु भएको थियो ।

यस्तै एकीकृत समाजवादी पार्टी पनि प्रतिपक्षमा बसेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नदिनेबारेसम्म अहिलेसम्म अनिर्णित रहेको एकीकृत समाजवादी प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षमा बसेको छ ।

यो १० सांसद रहेको यो पार्टीले विश्वासको मत दिने नदिनेबारे भोलि बिहानसम्ममा मात्रै निर्णय लिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *