Main News

प्रदेश १ मा माओवादी केन्द्रद्वारा केन्द्रीय गठबन्धन अस्वीकार

हिमालय टिभी
२०७९ पुष २५ गते १४:५२
प्रदेश १ मा माओवादी केन्द्रद्वारा केन्द्रीय गठबन्धन अस्वीकार

२५ पुस २०७९ विराटनगर । सत्तारुढ गठबन्धनको केन्द्रमा भएको सहमति प्रदेश १ माओवादी केन्द्रले नमान्ने अडान लिएको छ ।

आलोपालोको सहमति नभएसम्म सरकारमा पनि नजाने र समर्थनको विषयलाई पनि थाँती राख्ने माओवादी केन्द्र प्रदेश १ संसदीय दलले निर्णय गरेको हो। एमाले र माओवादी केन्द्रसहितका सत्तारुढ दलबीच प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिने सहमति बनेको थियो । तर, माओवादी केन्द्र प्रदेश १ संसदीय दलले आलोपालोको सहमति नजुटेसम्म सरकारमा सामेल नहुने निर्णय गरेको हो ।

योसँगै माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे ठोस निर्णय गरेको छैन । आलोपालोको सहमति जुटेपछि मात्र समर्थनको विषयमा प्रवेश गर्न सकिने प्रदेश सांसद गणेशप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

एमाले–माओवादी केन्द्रसहित राप्रपा र जसपाको समर्थनमा हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीका रुपमा पद तथा गोपनियताको शपथ लिनुभएको छ । झापा क्षेत्रनम्बर ५ को प्रदेशसभा १ बाट निर्वाचित कार्कीलाई ६० सांसदको समर्थन छ ।

आलोपालो नभएकाले सरकारमा सामेल नहुने माओवादी केन्द्र प्रदेश १ संसदीय दलको अडान छ । तर, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीको निर्णय मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने नै भएको प्रष्ट पार्नुभएको छ । उहाँले छलफल गरेर सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *