Main News

प्रमलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

२०७९ पुष २४ गते १८:११
प्रमलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

२४ पुस २०७९ काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको हो । यही पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । लोसपाको प्रतिनिधिसभामा चार सांसद हुनुहुन्छ ।

लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । सङ्गठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *