Main News

नेपाल आइपुग्नुभयो नवनियुक्त चिनियाँ राजदूत

२०७९ पुष २४ गते १७:०४
नेपाल आइपुग्नुभयो नवनियुक्त चिनियाँ राजदूत

२४ पुस २०७९ काठमाडौं । नेपालका लागि नवनियुक्त राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो ।

यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उहाँलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२आँै राजदूत हुनुहुन्छ ।

सो अवसरमा उहाँले हिमाल र नदीले जोडिएको चीन र नेपालबीच चिरकालीन मित्रता रहेको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र नेपालले सधैं एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका उल्लेख गर्नुभयो ।

साथै राजदूत चेनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभएको र दुई राष्ट्र प्रमुखले विकास र समृद्धिका लागि सदा चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएको समेत स्मरण गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *