Main News
शाली नदीमा व्रतालुको घुइँचो (भिडियो रिपोर्टसहित)
२०७९ पुष २३ गते २१:१३
२३ पुस २०७९ काठमाडौं । स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको शालीनदीमा ब्रतालुको घुइँचो लाग्न थालेको छ । कथामा नै उल्लेख गरिएको शालीनदीमा देशैभरबाट व्रतालुहरु आइरहेका छन् ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी स्वस्थानीको व्रत बसेको उल्लेख गरिएको छ । शालीनदीमा स्नान गर्दा रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने जन विश्वास छ ।
शालीनदीमै व्रत उपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर र गुमेका आफ्ना पति नवराजलाई पाएको स्वास्थानीमा उल्लेख छ । यस्तै स्वस्थानीमा उल्लेख गरिएको लावण्य देश यहीँ रहेको विश्वास गरिन्छ । यहि विश्वासका साथ यहाँ बर्सेनि हजारौंको संख्यामा व्रतालु आउँछन् ।
प्रतिक्रिया