Main News

घुस लिएको अभियोगमा मुद्दा दायर

२०७९ पुष २२ गते १६:१४
घुस लिएको अभियोगमा मुद्दा दायर

२२ पुस २०७९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

आयोगका अनुसार अपरेटर यादवले दुई पटक गरी रु ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आरोपितलाई बिगोबमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *