Main News

सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज तयार हुने

हिमालय टिभी
२०७९ पुष २२ गते ९:१६
सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज तयार हुने

२२ पुस २०७९ काठमाडौं । सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज तयार हुने भएको छ ।

मस्यौदा तयार गर्न सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । यसअघि हिजो नै बस्ने भनिएको बैठक आज बिहान ११ बजेलाई सारिएको कार्यदलका संयोजक समेत रहनुभएका अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

आजको बैठकमा मस्यौदामाथि दफावार छलफल गर्दै अन्तिम रुप दिने तयारी गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार कार्यदलले अहिलेसम्म सरकारमा सहभागी विभिन्न दलका सुझावहरुलाई सङ्गठित गर्दै एउटा मस्यौदा तयार गरिसकेको छ । आजको बैठकले त्यही मस्यौदालाई अन्तिम रुप दिने तयारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *