Main News

सत्ता गठबन्धनको आयु लामो नरहेको कांग्रेसको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २० गते १८:३९
सत्ता गठबन्धनको आयु लामो नरहेको कांग्रेसको दाबी (भिडियो रिपोर्टसहित)

२० पुस २०७९ काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा बनेको गठबन्धन टुट्नुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोषी रहेको आरोप लगाएको छ ।

सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेको कांग्रेसले प्रचण्डले इमान्दारिता नदेखाएको आरोप पनि लगाएकोछ ।

प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व दिएर गठबन्धन बचाउन छलफल गर्ने समय नै नपाएको बताउनुभयो । उहाँले कांग्रेस गठबन्धन तोड्नेभन्दा अन्तिमसम्म बचाउनै लागेको दाबी गर्नुभयो ।

कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री हुने अनिश्चित भएपछि प्रचण्डले पुस १० गते एमालेसहितका दलहरुसँगको नयाँ समीकरण बनाउनुभएको थियो ।

यसैलाई लिएर कांग्रेसले प्रचण्डले धोका दिएको औपचारिकरुपमै आरोप लगाएको हो । प्रवक्ता महतले वर्तमान सत्ता गठबन्धन स्वार्थ प्रेरित भएकाले यसको आयु अनिश्चित रहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *