Main News

एकीकृत समाजवादीले विश्वासको मतबारे २६ गते मात्र निर्णय गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २० गते १६:२२
एकीकृत समाजवादीले विश्वासको मतबारे २६ गते मात्र निर्णय गर्ने (भिडियो रिपोर्टसहित)

२० पुस २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई विश्वासको मत दिनेबारे प्रष्ट धारणा बनाउन नसकेको एकीकृत समाजवादीले २६ गतेमात्र निर्णय लिने भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वासको मत दिने नदिनेबारे २६ गतेसम्म निर्णय गर्ने बताउनुभएको हो ।

पार्टीबाट निर्वाचित सांसदलाई सम्मान गर्न आयोजित कार्यक्रममा उहाँले सरकारको पिक्चर क्लियर नभएकाले आफूहरूले अहिले नै निर्णय नगरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले २६ गते नै विश्वासको मत लिंदै हुनुहुन्छ । विश्वासको मत दिने नदिनेबारे एकीकृत समाजवादीको स्थायी समिति र पोलिट्व्यूरो निर्णयमा पुग्न सकेको छैन ।

अर्को प्रसंगमा अध्यक्ष नेपालले पार्टीले थ्रेसहोल्ड नकटाए पनि कुनै फरक नपरेको स्पष्ट पार्नुभयो । उहाँले आफ्नै नेता–कार्यकर्ताको कारणले राष्ट्रिय पार्टी बन्न नसकेको बताउनु भयो । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सीट मात्र जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *