Main News
स्थायी राजधानीमा अस्थायी संरचना, राज्यलाई करोडौँको व्ययभार (भिडियो रिपोर्टसहित)
२०७९ पुष २० गते १६:१६

२० पुस २०७९ दाङ । दाङको देउखुरीलाई स्थायी राजधानी बनाएसँगै लुम्बिनी प्रदेश सरकारको आर्थिक भार थपिँदो छ ।
स्थायी राजधानी दाङको देउखुरीमा लगेपछि कर्मचारीलाई ‘खुसी’ पार्न लुम्बिनी प्रदेश सरकारले घरभाडा समेत तिरिदिने योजनाले भार बढाएको छ ।
प्रशासनिक काम हुने सबै कार्यालय पनि अस्थायी संरचनामा राखेपछि अहिले मर्मत तथा रंगरोगनका लागि थप खर्च गरिएको छ । करोडौँको खर्च भएर राज्यलाई भार थपिएपनि कसैलाई आर्थिक व्ययभारको भने चिन्ता छैन ।
प्रतिक्रिया